अपहरित उद्योगपति केडियासग एक अर्व फिरौति मागेको खुलासा

२०७३ जेष्ठ १६ गते, आईतवार

काठमाडौँ, १६ जेठ । भारतीय हिन्दी साइट न्युज २४ ले वीरगञ्जबाट अपरहणमा परेका उद्योगपति सुरेश केडियासग अपरहणकारीहरुले एक सय करोड रुपैयाँ फिरौती मागेको खुलासा गरेको छ । बिहारको सीमाबाट अपरहणकारीहरु घुसेको दावीगर्दै उसले लेखेको छ, ‘नेपालका प्रतिष्ठित व्यापारी केडियासँग अपरहणकारीहरुले एकसय करोड रुपैयाँ फिरौती मागेका छन् ।’
नेपाल र विहारको प्रहरी संयन्त्रले अपहरणमा परेका केडिया र अपरहणकारीहरु भारतको मोतिहारी र वेतिया क्षेत्रमा हुनसक्ने आशंका गरेको जनाइएको छ ।अपहरणको घटना लगत्तै नेपाल र बिहार प्रहरी संयुक्त संयन्त्रले वीरगञ्ज–मोतिहारी र बेतिया सर्च अभियान चलाइरहेको जनाउँदै अपरहणकारीहरुले केडियासँग त्यति धेरै रकम मागिरहेको भन्दै न्युज २४ ले समाचार लेखेको छ ।
व्यापारी केडिया केडिया अर्गनाइजेसनका प्रमुख र नेपालका प्रतिस्ठित व्यापारी हुन् । उनलाई बिहीबार अपहरणकारीहरुले वीरगञ्जबाट अपहरण गरेका थिए । आफ्नो नीजि मोटरमा रहेका केडियाका चालक भने अपरहणकारीको आक्रमणबाट घाइते भएका थिए ।केडिया जेठ १३ मा अपहरणमा परेका थिए । उनका चालकलाई गोली हानी अपहरणकारीले केडियालाई लिएर गएका थिए । तीन दिन वित्दा पनि उनको अबस्था अज्ञात छ ।

प्रतिक्रियाहरु