माओवादी केन्द्र नवसंशोधनवादीहरुको गुट : गजुरेल

२०७३ जेष्ठ १५ गते, शनिबार

काठमाडौँ, १५ जेठ । नेकपा क्रान्तिकारी माओवादीका वरिष्ठ नेता सिपी गजुरेलले नेकपा माओवादी केन्द्र सत्तामा भविष्य देख्ने र नवसंशोधनवादीहरुको गुट भएको ठोकुवा गरेका छन् । आज विराटनगरमा पत्रकार सम्मेलन गर्दै गजुरेलले आफ्नो पार्टीबाट अलग भएका रामबहादुर थापा बादल नवसंशोधनवादी भएको बताएका छन । उनले क्रान्तिकारी कित्ता छाड्दै जनयुद्धलाई विश्वासघात गरेर नवसंशोधनवादीहरु सरकारी कित्तामा गएको बताए । थापा गएपछि आफ्नो पार्टीमा सुद्धीकरण भएको भन्दै उनले ठूलो परिवर्तन विना जनताका भावनाअनुसारका काम हुन नसक्ने दाबी गरे । नेता गजुरेलले अहिलेको अवस्थामा सत्तामा गएर परिवर्तन सम्भव नहुने भएकाले आफ्नो पार्टी प्रतिक्रान्तिबाट एकैचोटी क्रान्ति हुन नसक्ने निष्कर्षका साथ शक्ति सञ्चयमा लागिरहेको स्पष्ट पारे ।

प्रतिक्रियाहरु