आँखाको नानी पहिचान गरेपछि खुल्ने ट्याब

२०७३ जेष्ठ १५ गते, शनिबार

काठमाडौँ, १५ जेठ । सामसुङले आइरिस–रेकग्निशन प्रविधिमा आधारित ग्यालेक्सी ट्याब आइरिस सार्वजनिक गरेको छ । यो प्रविधिमार्फत ट्याब्लेट युजरको आँखाको नानीलाई पहिचान गरेपछि मात्र खुल्दछ । ट्याब्लेटको डिस्प्ले ७ इनचको छ भने र्याम १.५ जिबीको रहेको छ । यसमा १.२ गिगाहर्जको प्रोसेसर तथा ८ जिबी मेमोरी रहेको छ । ब्याट्री क्षमता ३६०० एमएएच रहेको छ । इन्डिया टुडेलका अनुसार यो ट्याबलेट भारतीय सरकारी कार्यलय तथा भारतका इन्टरप्राइजलाई लक्षित गरिएको छ । ग्यालेक्सी ट्याब आइरिसले बैंकिङ क्षेत्र तथा राहदानी, कर, स्वास्थ्य तथा शैक्षिक क्षेत्रमा क्यासलेस र पेपरलेस सर्भिस उपलब्ध गराउने कुरा इन्डिया टुडेमा उल्लेख छ ।
वायोमेट्रिक अथेन्टिफिकेशनलाई मुख्य प्राथमिकतामा राखेकाले सुरक्षाको हिसाबले यो प्रविधि अहिलेसम्मकै सुरक्षित रहेको कुरा सामसुङले दाबी गरेको छ । यसैगरी, एड्भान्ट डाटा सेक्युरिटी यसमा समावेश गरिएको छ । यसको मूल्य १३ हजार ४ सय ९९ डलर राखिएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

सिक्स जी डिभाइस सार्वजनिक

२०८१ बैशाख २६ गते, बुधबार

चन्द्रमामा सोचेभन्दा बढी पानी !

२०८१ बैशाख २० गते, बिहीबार

प्लास्टिक खाने ब्याक्टेरिया !

२०८१ बैशाख १९ गते, बुधबार