पिसाब फेर्न झोला !

२०७३ जेष्ठ १४ गते, शुक्रबार

काठमाडौं, १४ जेठ । पिसाबले च्याप्यो तर पिसाब गर्ने ट्वाइलेट छैन । बेला बेला बारम्बार पिसाब लागिरहन्छ तर विभिन्न कारणले ट्वाइलेटसम्म जान सक्ने अवस्था वा इच्छा छैन । तर अब यस्तो अवस्थामा पिसाब रोकेर राख्नु पर्ने छैन । पिसाबले च्याप्नु स्वास्थ्यका लागि हानिकारक पनि हुन्छ । यी सबै कठिनाइलाई दृष्टिगत गरी वैज्ञानिकहरुले एउटा उपाय निकालेका छन् । जसको लागि कण्डम जस्तै रुपको डिभाइसको बनाइएको छ । जसमा अघिल्लो भागमा रबर ब्याग रहेको छ त्यसमा पिसाब जम्मा हुन्छ । यो ब्यागलाई धोएर सफा गर्न सकिन्छ । यसलाई जिउमा बाँधिएको हुन्छ र अघिल्लो टुप्पो लिंगमा पहिरिइन्छ । अब चाहिँ पिसाब लाग्ने बित्तिकै ट्वाइलेट धाइहाल्नु पर्दैन । पूरै दिनभरि नै यसले काम दिन्छ । हिवी गो एक्टिभ नामक यो सामान उत्पादन गर्ने कम्पनीका प्रवक्ताका अनुसार यो प्रयोग गर्नका लागि पूर्ण रुपमा स्वस्थ छ । यसलाई कम्बरमा बाँध्नका लागि एडजस्टेबल बेल्ट दिइएको हुन्छ जुन ४० इन्चसम्मको कम्मरलाई पुग्दछ । प्रवक्ताका अनुसार यो डिभाइसलाई अनलाइनमार्फत उपलब्ध गराइनेछ र यो वर्षको अन्त्यसम्ममा बजारमा सर्वसुलभ बनाइनेछ । हाल भने कष्टम ड्राइभबाट यो प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

सिक्स जी डिभाइस सार्वजनिक

२०८१ बैशाख २६ गते, बुधबार

चन्द्रमामा सोचेभन्दा बढी पानी !

२०८१ बैशाख २० गते, बिहीबार

प्लास्टिक खाने ब्याक्टेरिया !

२०८१ बैशाख १९ गते, बुधबार