विदामा बसेका कर्मचारीलाई फोन वा इमेल गर्नु गैरकानुनी

२०७३ जेष्ठ १४ गते, शुक्रबार

काठमाडौं, १४ जेठ । फ्रान्सको लभर लमा परिवर्तन गरिएको छ । अब फ्रान्समा ५० भन्दा बढी कर्मचारी हुने कुनै पनि कम्पनीले आफ्ना कर्मचारीलाई काम गर्न निर्धारित समयबाहेक कुनै पनि बेला इमेल पठाउन सक्दैन । यदि कम्पनीले यो समयमा इमेल पठाए गैरकानुनी मानिनेछ ।
फ्रेन्च लेबर रिफर्म बिलमा यो व्यवस्था समावेश गरिएको हो । जसमा कर्मचारीहरुलाई ‘राइट टु डिस्कनेक्ट’ को अधिकार दिइएको छ । अर्थात कार्यालय शिफ्ट पूरा गरेपछि उनीहरुलाई कुनै इमेल गरेर तनाव दिन पाइने छैन ।
धेरै सर्भेहरुबाट अहिलेको वर्क कल्चरमा काम गर्न कठिन रहेको सावित भइसकेको छ। अधिकांश कर्मचारी कार्यालय समय सकेपछि पनि मानसिक रुपमा कार्यालयमै रहने गर्दछन् । किनभने उनीहरुलाई इमेल वा फोन आइनै रहन्छ । फ्रान्स सरकारका लागि अफिस बर्न आउट ठुलो समस्या थियो र उ यसमा सुधार ल्याउन चाहन्थ्यो । त्यही कारण यो कदम चालिएको बताइएको छ।
प्रविधिका कारण काम गर्न भलै सजिलो भएको छ । तर जिन्दगीमा जबका कारण समस्या पनि उत्पन्न भइरहेको छ। राइट टु डिस्केक्टका अनुसार अब सप्ताहन्त, अबेर राति र विदामा कार्यालयको कामको तनाव हुने छैन । अब कमसे कम फ्रान्समा त घर बसेर कार्यालयको इमेल चेक गर्नुपर्ने झन्जट अन्तय हुने भएको छ। – एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

सिक्स जी डिभाइस सार्वजनिक

२०८१ बैशाख २६ गते, बुधबार

चन्द्रमामा सोचेभन्दा बढी पानी !

२०८१ बैशाख २० गते, बिहीबार

प्लास्टिक खाने ब्याक्टेरिया !

२०८१ बैशाख १९ गते, बुधबार