भारतीय प्रदुषणको असर हिमालमा

२०७३ जेष्ठ १३ गते, बिहीबार

काठमाडौं, १३ जेठ । औद्योगिक प्रदुषण विकसित देशहरुका लागि टाउको दुखाइ बन्दै आएको छ । तर, अल्पविकसित मुलुक भएर पनि नेपालसमेत विकसित राष्ट्रहरुले उत्सर्जन गर्ने प्रदुषणको शिकार बनिरहेको अनुसन्धानले देखाएको छ । पृथ्वीनारायण शाहले ‘दुई ढुंगाबीचको तरुल’कोरुपमा चित्रण गरेको नेपाल अहिले दुई ठूला औद्योगिक राष्ट्र भारत र चीनको प्रदुषणको चपेटामा पर्न थालेको छ ।
अमेरिकामा अनुसन्धान गर्दै आएका नेपाली वैज्ञानिकले विशेषगरी भारतबाट हावाको वेगसँगै उडेर आउने प्रदुषणयुक्त धुलोका कणका कारण नेपालीहरुको स्वास्थ्यमा समस्या उत्पन्न गर्न थालेको दाबी गरेका छन् ।
मानिसको स्वास्थ्यमामात्रै होइन, भारतबाट आउने प्रदुषणले हाम्रा हिमालको सौन्दर्यमासमेत असर पुर्‍याइरहेको रहेको जिकिर वैज्ञानिक रुद्र अर्यालको रहेको छ । पाल्पामा जन्मेका वैज्ञानिक अर्यालले अमेरिकाको फ्लोरिडास्थित मायमी विश्वविद्यालयबाट भौतिकशास्त्रमा विद्यावारिधि गरेका हुन् भने हाल उनी अमेरिकाको फ्र्यांक्लिन पिअर्स विश्वविद्यालयमा भौतिकशास्त्रको प्राध्यापक रहेका छन् । – भुवन भट्ट/राममान डंगोल (इमेज)

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

सिक्स जी डिभाइस सार्वजनिक

२०८१ बैशाख २६ गते, बुधबार

चन्द्रमामा सोचेभन्दा बढी पानी !

२०८१ बैशाख २० गते, बिहीबार

प्लास्टिक खाने ब्याक्टेरिया !

२०८१ बैशाख १९ गते, बुधबार