तालिवानद्वारा मुल्लाह मारिएको पुष्टि

२०७३ जेष्ठ १२ गते, बुधबार

काठमाडौं, जेठ १२ । अफगानिस्तानको सशस्त्र विद्रोही संगठन तालिवानका नेता मुल्लाह अख्तर मन्सुरमा मारिएको समाचारको तालिवान संगठनले पुष्टि गरेको समाचार छ । अफगानस्तिानमा विगतका वर्षहरुदेखि सशस्त्र विद्रोह र हिंसा मच्चाइरहेको सो संगठनका मुख्य नेताको मृत्युको समाचार केही दिनयतादेखि विभिन्न सञ्चारमाध्यममा आएको थियो । सो समाचारको बुधबार तालिवानले पुष्टि गरेका हुन् । उनीहरुले आफ्नो वेभसाइटमा सो समाचारको आधिकारिकताको समाचार राखेका छन् ।
अमेरिकी सेनाको हवाई कारबाहीका क्रममा ती मुल्लाह पाकिस्तानमा मारिएका हुन् । उनको हत्याको समाचार अमेरिकी सेनाले दिएको थियो ।
गतहप्ता भएको सो घटनाको पुष्टि हुन भने बाँकी थियो । सो समाचारको पुष्टि हुन बाँकी रहेको भनी अफगान सरकारले सुरुमा प्रतिक्रिया दिएको थियो । तर पछि लगत्तै उसले सो समाचारको पुष्टि गरेकोे थियो ।
उता अमेरिकी राष्ट्रपति बाराक ओबामाले भने सो समाचारको गतहप्ता नै पुष्टि गर्नुभएको थियो । अमेरिकी राष्ट्रपति ओबामाले मन्सुर मारिएको समाचार साँचो भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका थिए ।
तर अफगान तालिवानहरुको संगठनले भने आधिकारिक रुपमा सो समाचारका बारेमा कुनै प्रतिक्रिया दिएको थिएन ।
बुधबार सो संगठनले उक्त समाचार साँचो भएको जनाएको हो । उनी मारिएको उक्त संगठनले बुधबार जनाएको छ । उनको निधनसँगै अब अर्काे नेताको चयनका बारेमा पनि सो संगठनले प्रक्रिया अघि बढाएको बताएको छ ।
यसअघि मुल्लाहको मृत्यु अफगानिस्तानमा शान्ति स्थापनाका लागि एक महत्वपूर्ण उपलब्धि भएको टिप्पणी अमेरिकी राष्ट्रपति ओबामाले गर्नुभएको थियो ।
अफगान सरकारले पनि यहाँका नागरिकको शान्तिको चाहनालाई सम्मान गर्नुको सट्टा मुल्लाह र उनका कमाण्डरहरुले अफगानिस्तानमा हत्या हिंसालाई नै निरन्तरता दिन खोजेको बताएको थियो ।
समग्र शान्तिप्रेमी अफगान नागरिकले गरेको शान्ति स्थापनाको अपेक्षालाई मन्सुरले पटक पटक लत्याइदिएका र उनैका कारण शान्ति प्रक्रिया अघि बढ्न नसकेको भन्दै अमेरिकाले उनको मृत्युलाई अमेरिकी सेनाको ठूलो सफलताका रुपमा व्याख्या गर्दै आएको थियो । रासस-एएफपी

प्रतिक्रियाहरु