पासपोर्ट चाहेकै दिनमा लिन सकिने

२०७३ जेष्ठ १२ गते, बुधबार

काठमाडौ, १२ जेठ । राहदानी विभागले मेसिन रिडेबल पासपोर्ट (एमआरपी) अब सेवाग्राहीले चाहेकै दिनमा लिन सकिने बताएको छ । विभागले सेवाग्राहीको आवश्यकता अनुसार एकै दिनमा एमआरपी उपलब्ध गराउने तयारी गरेको छ ।
सेवाग्राहीले आवेदन दिएकै दिन बढी शूल्क लिएर विभागले एमआरपी उपलब्ध गराउने गृहकार्य अघि बढाएको हो । विभागले बढी मूल्य तिरेर एकै दिनमा राहदानी उपलब्ध गराउन सक्ने जनाएको छ ।
बढी मूल्य सम्पन्न मानिसले मात्रै तिर्न सक्छन् । विपन्नलाई पनि राहदानीको हातार हुन सक्छ । तर उनीहरुले बढी रकम तिर्न सकेनन भने के गर्ने ? सरकारी निकायलदे उपलव्ध गराउने सेवामा नै गरिब र धनीका लागि छुट्टै सेवा दिन नमिल्ने तर्क गर्नेहरु छन् ।
‘अब सेवाग्राहीको आवश्यकताअनुसार एकै दिनमा एमआरपी दिने तयारी भइरहेको छ, ऽुत सेवाको शूल्क के कति लिने भन्नेबारे टुंगो लागेको छैन,’ विभागका महानिर्देशक लोकबहादुर चन्दले भने,’ सेवाग्राहीबाट बढी शूल्क लिने उद्धेश्य होइन, सेवाग्राहीको आवश्यकता सम्बोधन गर्ने प्रयास हो ।
यससँगै विभागले अब पूरानै शुल्कमा ३ दिनभित्रमा सबै सेवाग्राहीलाई एमआरपी वितरण गर्ने भएको छ । यस्तो सेवा भने विभाग परिसर नारायणहिटीबाट मात्र उपलव्ध गराउने तयारी गरिएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

सिक्स जी डिभाइस सार्वजनिक

२०८१ बैशाख २६ गते, बुधबार

चन्द्रमामा सोचेभन्दा बढी पानी !

२०८१ बैशाख २० गते, बिहीबार

प्लास्टिक खाने ब्याक्टेरिया !

२०८१ बैशाख १९ गते, बुधबार