सामाजिक सञ्जालमा अश्लिल पोस्ट वा लिंक आए यसरी बच्नुस्

२०७३ जेष्ठ ११ गते, मंगलवार

काठमाडौँ, ११ जेठ । सामाजिक संजाल फेसबुकमा अश्लिल फोटो तथा भिडियो tag वा message गर्ने गरेको पाईएको र सो सामाग्रीहरु हेर्न त्यस्ता link मा click गर्ने बितिकै आफ्नो friend list मा रहेका सबै साथीहरुमा वा automatic share हुने गरेको छ ।
आफ्नो फेसबुक एकाउण्टबाट आफ्नो जानकारी र अनुमती बिना आफूले पठाउदै नपठाएको विभिन्न अश्लिल फोटो तथा भिडियोहरू share हुने गरेको समस्याका गुनासाहरु आएको हुँदा सर्वसाधारणको जानकारीका लागि, त्यस्ता समस्याबाट बच्न निम्न उपायहरू अपनाउन अनुरोध गर्दछौ ।
१- तत्काल आफ्नो फेसबुकमा tagged तथा message मा post भएका त्यस्ता content हरुलाई delete गर्ने ।
२-आफुले फेसबुक चलाउने गरेको कम्प्युटरमा रहेको browser को session, cookies file तथा Application data हरुलाई आवश्यकता अनुसार सो कम्प्युटरबाट delete गर्ने ।
३-आफुले फेसबुक चलाउने गरेको कम्प्युटरमा रहेको temporary file हरुलाई आवश्यकता अनुसार सो कम्प्युटरबाट remove/delete गर्ने ।
४-आफ्नो फेसबुक चलाउन प्रयोग गरेको password तत्काल परीवर्तन गर्ने । साथै password लाई secure गर्ने अन्य option हरुलाई enable गर्ने ।
५-फेसबुकको Security Policy लाई edit गरी सम्बन्धित प्रयोगकर्ताको अनुमती बिना निजको फेसबुकमा कुनै कुरा tagged गर्न नदिने व्यवस्था मिलाउने । जसबाट अन्य ब्यक्तिले आफ्नो फेसबुकमा कुनै कुरा tagged गर्नसक्दैन र यस्ता spam हरुबाट बच्न सकिन्छ ।
६-आफुले चलाउदै आएको फेसबुक पेजसंग सम्बन्धित download गरीएका अन्य Applications हरु deactivate गर्ने र आवश्यकता अनुसार reinstall गर्ने ।
७-आफ्नो कम्प्युटरमा internet चलाउन प्रयोग गरीएको internet browser application हरुलाई reinstall गर्ने ।
८- कम्प्यूटरमा तपाईको फेसबुक पेज खोलेर ताला (लक) को चिन्ह भएको ठाउमा क्लिक गर्नुहोस ।
९- त्यसको पुच्छारमा See more settings लेखेको छ त्यहा क्लिक गर्नुहोस ।
१०- त्यस पछि आउने स्क्रीनको बाया पट्टी Timeline and Tagging लेखेको ठाउमा क्लिक गर्नुहोस ।
११- क्लिक गरिसकेपछि Timeline and Tagging लेखेको टेवल आउछ, त्यसको बायांपटी तल ‘How can I manage tags people add and tagging suggestions?’ लेखेको छ त्यसको पहिलो लहरमा ‘Review tags people add to your own posts before the tags appear on Facebook?’ लेखेको संगै दायां पटी off भएको पाउनु हुनेछ । त्यसलाई अन गर्न त्यसैको दाया पटी Edit मा क्लिक गर्नुहोस ।
१२- Edit मा क्लिक गरेपछि एउटा फोटो आउछ, त्यसको माथिपटी Disabled लेखेको पाउनु हुनेछ, त्यसमा क्लीक गरेर Enabled बनाउनु होस् र माथीपटी दाया कुनामा Close क्लिक गर्नुहोस ।
यती गरिसकेपछि तपाईलाई जसले जे ट्याग गरेपनि सिधै तपाईको वालमा आउदैन, तपाईले View Activity Log मा गएर स्वीकृत गरेपछि मात्र त्यो तपाईको वालमा आउछ ।
माथिका बिधी प्रयोग गरी आफू पनि स्पामको झण्झटवाट मुक्त हुनुहोस र सेयर गरी अरुलाई पनि झण्झट मुक्त हुन सहयोग गर्नुहोस । – नेपाल प्रहरी फेसबुक पेजवाट

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

सिक्स जी डिभाइस सार्वजनिक

२०८१ बैशाख २६ गते, बुधबार

चन्द्रमामा सोचेभन्दा बढी पानी !

२०८१ बैशाख २० गते, बिहीबार

प्लास्टिक खाने ब्याक्टेरिया !

२०८१ बैशाख १९ गते, बुधबार