संघीय गठबन्धनले राजधानी केन्द्रित आन्दोलन चर्काउने

२०७३ जेष्ठ १० गते, सोमबार

काठमाडौ, १० जेठ । संघीय मधेसी गठबन्धनले राजधानी केन्द्रित आन्दोलन थप चर्काउने विषयमा छलफल गर्ने भएको छ । गठबन्धनको सचिवालयको बैठक बिहान बोलाइएको छ । काठमाडौ केन्द्रित आन्दोलनको प्रभाव कमजोर देखिएपछि त्यसको समीक्षासहित थप कार्यक्रम तय गर्न छलफल गर्न लागेको हो ।
संघीय गठबन्धनका संयोजक उपेन्द्र यादवले अब सरकारलाई दवाब दिन गरिने नयाँ कार्यक्रम तय गर्ने बताए । उनले सरकारका कारण वार्ता रोकिएकाले आफुहरु प्रतिवद्धता नआई वार्तामा नजाने र आजको छलफल आन्दोलनका विषयमा केन्द्रित हुने बताए । संघीय गठबन्धनले केही दिनयता काठमाडौ केन्द्रित आन्दोलन गरिरहेको छ ।

प्रतिक्रियाहरु