मधेसमा फेरि आन्दोलन गर्छौ : महतो

२०७३ जेष्ठ ८ गते, शनिबार

काठमाडौं, ८ जेठ । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले काठमाडौंले अधिकार नदिए फेरि मधेसमा गएर आन्दोलन गर्ने चेतावनी दिएका छन् । आज गरिएको एक कार्यक्रममा अध्यक्ष महतोले काठमाडौंमा जारी आन्दोलनबाट अधिकार नलिइ आफूहरु नफर्कने बताए ।
आफूहरुलाई खाली हात फर्काइए त्यसपछिको स्थिति नियन्त्रण भन्दा बाहिर जाने उनको चेतावनी थियो । अध्यक्ष महतोले वार्ताका लागि सरकार गम्भीर नभएको आरोप पनि लगाए । कार्यक्रममा संघीय समाजवादी फोरममा आबद्ध मधेसी ट्रेड युनियन महासंघ नेपाल आधिकारिकरुपमा सद्भावना पार्टीसँग आबद्धताको घोषणा गरिएको थियो । महासंघमा १५ ओटा राष्ट्रिय संघ आबद्ध रहेको र १ लाख ६५ हजार सदस्य रहेको दाबी गरिएको छ ।

प्रतिक्रियाहरु