आठ टन कोकिन बरामद

२०७३ जेष्ठ ३ गते, सोमबार

काठमाडौं, ३ जेठ । कोलम्बियाको टर्बो सहरमा प्रहरीले करिब ८ टन लागूऔषध कोकिन बरामद गरेको छ । यो कोकिन अहिलेसम्म त्यहाँ बरामद गरेको सबैभन्दा ठूलो परिमाणको भएको बताइएको छ ।
उत्तर पश्चिमी तटीय सहर टर्बोमा लगाइएको केराखेतीमा कोकिनलुकाएर राखिएको अवस्थामा प्रहरीले फेलापारेको थियो । कोकिन ‘क्लान उसागा’ नामक आपराधिक समूहको रहेको जनाइएको छ । यो समूहमा करिब दुई हजार सक्रिय सदस्य रहेको त्यहाँको प्रहरीको अनुमान छ । प्रहरीले तीनजना शंकास्पदलाई पक्राउ गरेको र तीनजना भागेको विज्ञप्तिमार्फत् जनाएको छ । कोलम्बिया सरकारले लागूऔषध कारोबारी र अवैध खानी सन्चालन गर्ने समूहविरुद्ध हवाई कारबाही गर्ने जनाइसकेको छ ।- एजेन्सी

प्रतिक्रियाहरु