छुरा प्रहार गरी तीन जनाको हत्या

२०७३ जेष्ठ २ गते, आईतवार

काठमाडौं, २ जेठ । भारतको गुजरातमा छुरा प्रहार गरेर तीन जनाको हत्या गरिएको छ । गुजरातको सुरत शहरमा लेनदेनको विषयमा भएको विवादमा चार जनाले छुराले हान्दा तीन जनाको हत्या गरेका हुन् । घटना गएराति भएको हो । मारिनेमा भरत तोगडिया, बालु हिराणी र अशोक पटेल रहेको प्रहरीले जनाएको छ । अश्विनी कुमार रोडमा रहेको स्थानीय व्यापारी बालु हिराणीको कार्यालयमा पैसा लिन गएका चार जनाले विवाद भएपछि कार्यालयमा रहेका चार जनालाई छुराले हानेको प्रहरीले जनाएको छ । आक्रमणमा परि एक जना घाइते भएका छन् । आक्रमणकारीको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ । – एजेन्सी

प्रतिक्रियाहरु