मध्यम आयु भएका बढी समय सुत्छन

२०७३ बैशाख २८ गते, मंगलवार

काठमाडौ, २८ बैशाख । स्मार्टफोनको ऐपको माध्यमबाट संसारभरमा मानिसको सुत्ने समयको प्याटर्न पत्ता लगाइएको छ । साइन्स एडभाइसमा प्रकाशित शोधका अनुसार महिलाहरु पुरुषको तुलनामा बढी समय सुत्ने गर्दछन् र मध्यम आयु भएका पुरुष सबैभन्दा बढी समय सुत्न सक्छन् । यो शोधका अनुसार ३० देखि ६० वर्षको बिचमा महिलाहरु पुरुषहरुभन्दा तीस मिनेट बढी समय ओछ्यानमा बिताउने गर्दछन् ।
युनिभर्सिटी अफ मिशिगनका शोधकर्ताहरुले सन् २०१४ मा एन्ट्रेन ऐप जारी गरेका थिए, जसको उद्देश्य मानिसलाई जेटलैगबाट राहत दिलाउनु थियो ।
यो ऐप प्रयोगकर्ताहरुलाई आफ्नो सुत्ने समयसम्बन्धी जानकारी शोधकर्ताहरुसँग शेयर गर्न विकल्प दिइएको थियो ।
शोधमा संलग्न प्रोफेसर डेनियल फोर्जरले भने–हामीमाथि अबेरसम्म जागा रहनुपर्ने सामाजिक दबाव छ र हाम्रो शारीरिक व्यवस्था हामीलाई बिहान चाँडै उठ्न भन्छ् । यसबीचमा हाम्रो निद्रा कुर्वान भइरहेको छ । यसैबाट संसारभरका देशहरुमा निद्राका विषयमा संकट बढ्दो छ।
युनिभर्सिटी अफ क्याब्रिजका डाक्टर अखिलेश रेड्डीका अनुसार यो शोधका अनुसार हाम्रो शरीरका तन्त्र हामीलाई केही यस्तो काम गर्न भन्छ जुन हामी सामाजिक परिस्थितिका कारण गर्न पाइरहेका हुँदैनौ, त्यसको परिणाम देखिन कयौ वर्ष लाग्न सक्छ ।
शिफ्टका आधारमा काम गर्ने मानिसको निद्रामा खललको सम्बन्ध टाइप–२ डाइबिटिजजस्ता रोगबाट पत्ता लाग्ने गर्दछ ।- एजेन्सी

प्रतिक्रियाहरु