वाईफाईमा समस्या आयो ? यसो गर्नुस

२०७३ बैशाख २६ गते, आईतवार

काठमाडौं, २६ बैशाख । वाईफाईको सिग्नल सबै तिर नपुगेका कारण समस्या नभएको घर कम मात्रै हुन्छ । घरमा इन्टरनेट कनेक्सन जोडेपनि घरको सबै तिर वाईफाईको सिग्नल पुग्दैन । तर वाईफाईको सिग्नल घरका सबै ठाउँमा राम्रोसँग टिप्ने बनाउन भने सकिन्छ । घरमा पुरानो राउटर राखिएको छ भने त्यसलाई वाईफाई सिग्नलको ‘डेड स्पट’ या सिग्नल नभएको ठाउँको समस्या समाधानका लागि प्रयोग गर्न सकिन्छ ।
यसका लागि वाईफाई सिग्नल एक्सटेन्डरबाट पनि काम गर्न सकिन्छ । तर उनीहरु राउटरबाट आएको सिग्नललाई वायरलेस प्रविधिबाट कनेक्ट गर्छन् । वाईफाई राउटरमा तार जोडेमा त्यसको सिग्नल थप बलियो हुन सक्छ । यस्तो राउटरको सिग्नललाई घरको सबै भागमा पुर्या‍उनका लागि त्यसको सफ्टवेयरमा केही फेरबलद गर्नुपर्छ । घरमा इन्टरनेटको तार जोडिएको छ भने पुरानो राउटरबाट थप अर्को एक्सेस प्वाइन्ट बनाउन सकिन्छ । तर तार जोडिएको छैन भने पुरानो राउटरबाट रिपिटर बनाउनु राम्रो हुन्छ ।
यसका लागि सबैभन्दा पहिले बिजुलीमा कनेक्ट गरेर रिसेट बटनलाई झण्डै तीस सेकेण्डसम्म थिच्नु पर्छ । त्यसपछि राउटर रिसेट हुन्छ । यसपछि घण् सेकेण्डकालागि बिजुलीसँगको कनेक्सन हटाएर बटनलाई थिच्नु पर्छ । त्यसपछि राउटरलाई बिजुलीसँग फेरि जोडेर रिसेट बटनलाई फेरि ३० सेकेण्डसम्म थिच्नुपर्छ । यसपछि राउटरको सेटिङ पूरा हुन्छ । घरको जुन ठाउँमा वाईफाईको सिग्नल कमजोर हुन्छ, त्यहाँ यसरी रिसेट गरेको राउटर राख्नु पर्छ । एक पटक यो राउटर बेस राउटरसँग कनेक्ट भएपछि सबै ठाउँमा वाईफाईको सिग्नल राम्रो हुन्छ । – एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

सिक्स जी डिभाइस सार्वजनिक

२०८१ बैशाख २६ गते, बुधबार

चन्द्रमामा सोचेभन्दा बढी पानी !

२०८१ बैशाख २० गते, बिहीबार

प्लास्टिक खाने ब्याक्टेरिया !

२०८१ बैशाख १९ गते, बुधबार