अखिल क्रान्तिकारीद्वारा मोर्डन इन्डियन स्कुलको बसमा आगजनी

२०७३ बैशाख २६ गते, आईतवार

काठमाडौं, २६ बैशाख । नेकपा माओवादी निकट अखिल क्रान्तिकारीले चोभारमा रहेको मोर्डन इन्डियन स्कुलको ३ वटा बसमा सनिबार बिहान आगजनी गरेको छ । आगजनीबाट ३ वटा बस पुराना रुपमा क्षतिग्रस्त भएका छन । अखिल क्रान्तिकारीले मोर्डन इन्डियन स्कुलले नेपालको राष्ट्रियतामा आंच आउने गतिबिधि गरेकोले सांकेतिकरुपमा सो कारबाही गरेको जनाएको छ । मोर्डन इन्डियन स्कुलमा नेपालका शिक्षक, विधार्थी र कर्मचारीहरुलाई समेत भारतीय राष्ट्रय गित अनिवार्य गाउन लगाउने गरेको र विद्यालयको पाठ्यक्रममा भारतीय पाठ्यपुस्तक पढाई हुने गरेको आरोप क्रान्तिकारीले लगाएको छ । अखिल क्रान्तिकारीले भारतले नेपालको कुनै सरकारी निकायको अनुमति बेगर जथाभावी स्कुल संचालन गरेको र स्कुलको पाठ्यक्रममा नेपालका विभूति, हिमालहरु आफ्नो देशको भनेर पढाईने गरेको र त्यसप्रति नेपालको सरकार निरिह बनेको भन्दै विरोध स्वरूप सो कारवाही गरिएको जनाएको छ ।
गौतम बुद्द भारतमा जन्मिएका र कन्चनजंगा हिमाल भारतमा पर्छ भनि दिनहुँ पढाउने गरेको र सो स्कुलले नेपाली शिक्षक, कर्मचारीलाई विभेद गर्दै कम तलब र भत्ता दिने गरेको समेत खुलासा भएको छ ।
इन्डियन स्कुलमा पढाउने गरेका शिक्षिकालाई सुत्केरी बिदा दिनुपर्ने भन्दै आवाज उठाउने देशभक्त ७५ जना शिक्षक र कर्मचारीलाई विगत २ बर्ष देखि स्कुलबाट निकालेको आरोप समेत क्रान्तिकारीको रहेको छ । सो स्कुलले नेपालको प्रचलित कानुनलाई नै चुनौती दिंदै एक दर्जन गाडीहरू दर्ता बिना नै संचलन गरेको र अहिले सम्म नेपाल सरकारलाई कर समेत नतिरेको बताइएको छ ।
त्यसरी नेपालको कानुनलाई चुनौति दिदै नेपालमा भारतिय दादागिरी चलाउँदा वर्तमान राज्य संचालकहरु मौन बस्दै आफ्नो दलाली चरित्र प्रष्ट देखाएकाले आफुहरुले संकेतिक कारबाहीमात्र गरेको क्रान्तिकारीको दाबी छ । पछिल्लो समय भारतको सी बि स सी बोर्डद्वारा हाल नेपालमा १४ वटा बिधालय संचालन मा छन् ।जसलाई अघिल्लो वर्षको माघ महिनामा नेपालको मन्त्रिपरिषद्को बैठकबाट मोटो रकम कमिसनको लोभमा परेर वर्तमान नेपाल सरकारका शिक्षामन्त्री गिरिराजमणि पोख्रेलले विधिवत संचालन गर्ने अनुमति दिएपछि अखिल क्रान्तिकारी पछिल्ला महिना देखि आन्दोलन गर्दै आईरहेको छ ।

प्रतिक्रियाहरु