नुनखानी उत्खननमा राज्यको बेवास्ता

२०७३ बैशाख २५ गते, शनिबार

काठमाडौ, २५ वैशाख । उत्तरी म्याग्दीको शिख गाविसस्थित तातोपानी कुण्ड आसपासमा फेला परेको नुनखानी उत्खनन हुन सकेको छैन । नुनखानीको सम्भावना रहेको सरकारी निकायले पुष्टि गरेको लामो समय बितिसक्दा पनि उत्खननमा भने चासो नदिएको स्थानीयको गुनासो छ ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाअन्तर्गत पर्ने शिख र नारच्याङ गाविसको सिमानामा नुनिलो पानीको मुहान भेटिएपछि त्यसको अनुसन्धानमा स्थानीयले लामो समयदेखि प्रयास गरे पनि राज्यका निकायबाट भने खासै चासो दिइएको छैन ।
चार वर्षअघि म्याग्दीका स्थानीय विकास अधिकारी विष्णुप्रसाद शर्माको नेतृत्वमा इन्जिनियर र भूगर्भविद् संलग्न एक टोलीले निरीक्षण गरी नुुनखानी रहेको पुष्टि गरेको थियो ।
यहाँको पानीको स्वाद नुन हालेको जस्तो भेटिएपछि खानी तथा भूर्गभ विभागमार्फत अनुसन्धान गरिएको तर थप कार्य अघि नबढेको तातोपानी कुण्ड व्यवस्थापन समितिले जनाएको छ ।
करिब ५० डिग्री सेल्सियस तापक्रममा नुनिलो पानीको मुहान तथा आसपासको जग्गामा सेताम्मे नुनजस्तै पदार्थ देखिएपछि आसपासमा कुण्डसमेत बनाएको छ । तातोपानी कुण्डको अवलोकनका लागि जिल्ला तथा केन्द्रबाट गएकाले समेत उत्खननका लागि आश्वासन दिएपछि पूरा नभएको समाजसेवी बागवीर पाइजाको भनाइ छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

सिक्स जी डिभाइस सार्वजनिक

२०८१ बैशाख २६ गते, बुधबार

चन्द्रमामा सोचेभन्दा बढी पानी !

२०८१ बैशाख २० गते, बिहीबार

प्लास्टिक खाने ब्याक्टेरिया !

२०८१ बैशाख १९ गते, बुधबार