डढेलो नियन्त्रण गर्न हेलिकोप्टर

२०७३ बैशाख २० गते, सोमबार

काठमाडौं,२० बैशाख । भारत उत्तराखण्डको जंगलमा लागेको भीषण आगो नियन्त्रण बाहिर जान थालेपछि त्यहाँको सरकारले आगो निभाउन हेलिकोप्टरको प्रयोग गरेको छ । तीन वटा हेलकोप्टरमार्फत आगो निभाउने प्रयास गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । स्थानीय प्रशासनले आवश्यक परे थप हेलिकोप्टरको पनि व्यवस्था गर्ने जनाएको छ । आगलागी नियन्त्रण गर्न स्थानीय प्रहरी, वन अधिकारी, स्वंयसेवी, राष्ट्रिय विपद् रेस्पोन्स फोर्सलगायत झण्डै ६ हजार जनालाई खटाइएको छ । उत्तराखण्डमा लागेको आगो नियन्त्रण गर्नेबारे केन्द्र सरकारले चार सदस्यीय टोली नै त्यहाँ पठाएको छ । यो टोलीले एक हप्ताभित्र आगलागीको सबै विवरण गृह मन्त्रालयलाई बुझाउने छ । उत्तराखण्डको दुई हजार दुई सय ६९ हेक्टर क्षेत्रफल आगोको चपेटामा परेको हो । – एजेन्सी

प्रतिक्रियाहरु