केही ठाउँमा पानी पर्न सक्ने

२०७३ बैशाख १९ गते, आईतवार

काठमाडौ, १९ बैशाख । । जलतथा मौसम विज्ञान विभागले आज मौसम बदली भई केही ठाउँमा पानी पर्न सक्ने जनाएको छ । आज पूर्वी र पश्चिम क्षेत्रमा केही मौसमी बदली भएको छ । केही दिन यता बढेको गर्मीले मध्ये तथा सुदूरपश्चिम र तराइका जिल्लाहरुको जनजीवन नराम्रोसँग प्रभावित भएको छ । दिपायल, नेपालगंज, भैरहवा, धनगढी, सुर्खेतलगायत ठाउँमा गर्मीका कारण सुनसान हुने गरेको छ ।
हिजो सबैभन्दा बढी गर्मी धनगढीमा थियो । गर्मीका कारण अस्पतालमा बिरामीहरुको पनि भीड बढेको छ । जलतथा मौसम विज्ञान विभागले काठमाडौ उपत्यकालगायत देशभर अझै तापक्रम बढ्न सक्ने भएकाले सावधानी अपनाउन आग्रह गरेको छ । गर्मीको समयमा दिउँसो सकेसम्म घाममा ननिस्किने, निस्कनु परे छाता ओढ्ने, तरल पदार्थ बढी खाने, बासी तथा सडेगलेको कुरा नखान तथा गर्मी भयो भनेर पटक पटक नुहाउँदा पनि छालाको संक्रमण हुने भएकाले यसतर्फ सजग हुन चिकित्सकहरुले सुझाव दिएका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

सिक्स जी डिभाइस सार्वजनिक

२०८१ बैशाख २६ गते, बुधबार

चन्द्रमामा सोचेभन्दा बढी पानी !

२०८१ बैशाख २० गते, बिहीबार

प्लास्टिक खाने ब्याक्टेरिया !

२०८१ बैशाख १९ गते, बुधबार