गर्मीले ४५ जनाको ज्यान लियो

२०७३ बैशाख ८ गते, बुधबार

काठमाडौ, ८ बैशाख । भारतको उडिसामा अत्याधिक गर्मीका कारण ४५ जनाको मृत्यु भएको छ । गर्मीका कारण त्यहाँका शैक्षिक संस्था अनिश्चितकालका लागि बन्द गरिएको छ । गर्मी बढेसँगै त्यहाँको तापक्रम ४० देखि ४६ डिग्रिसम्म पुगेको छ । गर्मीसँगै तातो हावा लु चलेका कारण जनजीवन अस्तब्यस्त बनेको छ ।
त्यसैगरी पानीको अभाव भएका कारण त्यहाँका नागरिक थप मारमा परेका छन् । गर्मीबाट बच्न घरबाट ननिस्कन सर्वसाधारणलाई अपिल गरिएको छ ।

प्रतिक्रियाहरु