राष्ट्रपति रुसेफ महाअभियोग विरुद्ध लड्ने

२०७३ बैशाख ७ गते, मंगलवार

काठमाडौ, ७ बैशाख । ब्रजिलकी राष्ट्रपति जिल्मा रुसेफले महाअभियोग विरुद्ध अन्तिम समयसम्म लड्ने र देशको लोकतन्त्रको रक्षा गर्ने बताउनु भएको छ ।
आफूमाथि महाअभियोग लगाउने प्रयासबाट ‘क्रुद्ध’ बनेको भन्दै उहाँले लडाई जारी राख्ने बताउनु भएको हो । सरकारी कोषसम्बन्धी विवरण तोडमरोड गरेको आरोपमा हिजो तल्लो सदन कंग्रेसले उहाँमाथि महाअभियोग लगाउने प्रक्रिया अगाडि बढाउनुपर्ने पक्षमा मतदान गरेको थियो । मतदानपछिको पहिलो प्रतिक्रियामा रुसेफले आफूसँग स्पष्ट विवेक रहेको र आफूले कुनै गैरकानुनी काम नगरेको बताउनुभयो ।
बजेट घाटालाई ढाकछोप गर्न सरकारी कोषसम्बन्धी विवरण तोडमरोड गरेको आरोप रुसेफले अस्वीकार गर्दै आउनु भएको छ । कंग्रेसका बहुमत सदस्यले रुसेफमाथिको महाअभियोगलाई माथिल्लो सदन सिनेटमा पठाउने पक्षमा मतदान गरेका थिए । पक्षमा ३६७ र विपक्षमा १३७ मत खसेको थियो ।

प्रतिक्रियाहरु