विमान ड्रोनसँग ठोक्किएपछि…

२०७३ बैशाख ६ गते, सोमबार

काठमाडौ, ६ बैशाख । बेलायतको हिथ्रो विमानस्थलमा विमान अवतरणका क्रममा एउटा ड्रोन विमानमा ठोक्किएको लण्डन प्रहरीले जनाएको छ।
यद्यपि यसबाट कुनै क्षति भने नभएको प्रहरीको भनाइ छ। स्थानीय समयअनुसार घटना स्थानीय समयअनुसार १२.५० बजे भएको हो । जेनेभाबाट आइरहेको ब्रिटिश एयरवेजको विमानमा १३२ यात्री सवार थिए । अवतरणपछि विमानका पाइलटले एउटा वस्तु विमानको एउटा भागमा आएर ठोक्किएको र त्यो ड्रोन हुन सक्ने बताए ।
हिथ्रो विमानस्थलमा रहेका एभियशन प्रहरीले घटनाको छानविन भइरहेको जनाएको छ। प्रहरीका अनुसार यो घटनामा अहिलेसम्म कुनै गिरफ्तार भएको छैन ।
ब्रिटिश एयरवेजका अनुसार उनका इन्जिनियर टिमले विमान छानविनपछि अर्को उडानका लागि अनुमति दिएका छन् । एजेन्सी

प्रतिक्रियाहरु