प्रहरी कुट्ने गुन्डालाई एसपीकै संरक्षण

२०७३ बैशाख ५ गते, आईतवार

काठमाडौं, ५ बैशाख । कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरस्थित भानु पार्टी प्यालेसमा ३० चैतमा आयोजित सांगीतिक कार्यक्रममा सुरक्षाका लागि खटिएको प्रहरी टेलीमाथी भएको कुटपिटको घटना मौखिक रुपमा मिलाइएको छ । ६ जनाको टोलीले कमाण्ड गरेर सांगीतिक कार्यक्रमको सुरक्षार्थ गएका प्रहरी सहायक निरीक्षक समुन्द्र पन्तमाथि भएको कुटपिटको घटनालाई प्रहरी उपरीक्षककै मिलेमतोमा मिलाइएको हो । कार्यक्रम स्थलमा सुरक्षार्थ खटिएका प्रहरी सहायक निरीक्षकसहितको टोलीमाथि भएको कुटपिटको घटनालाई कञ्चनपुरका प्रहरी उपरीक्षक तुलसी अधिकारीले सामान्य रुपमा लिँदै थामथुम पारेका हुन् । ०७२ सालको बिदाइ र नयाँ वर्षको स्वागका निम्ति आयोजित सांगीतिक कार्यक्रममा सुरक्षार्थ खटिएका प्रहरी सहायक निरीक्षक पन्त र केही प्रहरी जवानमाथि स्टेजमै कुटपिट भएको थियो ।
कुटपिटमा आधा दर्जनभन्दा बढी मादक पदार्थ सेवन गरेका एकीकृत नेकपा माओवादी सम्बद्ध युवाहरु भए पनि प्रहरीले तीमध्येका दुईजनालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय पुर्‍याएको थियो । तर, प्रहरी उपरीक्षक अधिकारीको ठाडो निर्देशनमा उनीहरुलाई सोही राति निसर्त रिहा गरिएको प्रहरी स्रोतले जनायो । ‘डयुटीमा रहेका प्रहरी अधिकारीमाथि नै खुलेआम गुन्डाशैलीमा आक्रमण गरेर बर्दी च्यात्नेमाथि कारबाही हुन्छ भन्नेमा ढुक्क थियौं’ सुरक्षामा खटिएका एक जवानले भने, ‘तर हाकीमको ठाडो आदेशमा राति नै रिहा गरियो । – सुरेश पन्त, राजधानी दैनिक

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु