जापानमा पुन अर्को शक्तिशाली भूकम्प,सुनामीको चेतावनी

२०७३ बैशाख ४ गते, शनिबार

काठमाडौं, ४ वैशाख । जापानमा पुन अर्को शक्तिशाली भूकम्प गएको छ । बिहीबार राति ६.५ म्याग्निच्यूडको भूकम्प गएको जापानमा शुक्रबार राति ७.१ म्याग्निच्यूडको भूकम्प गएको हो । यो भूकम्प बिहीबार राति भूकम्प गएर १० जनाको मृत्यु भएको कुमामोतो प्रान्तमै गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यो भूकम्पपछि जापानमा सुनामीको चेतावनी दिइएको हो । बिहीबारको भूकम्पमा सुनामीको चेतावनी दिइएको थिएन ।
बिहीबार दक्षिणी क्यूसु द्वीपमा पनि भूकम्पको कडा झट्का महसुस भएको थियो । बिहीबारको भूकम्पले १० जनाको ज्यान गएको थियो । बिहीबारको भूकम्पमा कम्तिमा पनि सात सय भन्दाबढी मानिस घाइते भएका थिए। नेपाली समयअनुसार जापानमा शुक्रबार राति १० बजेको समयमा शक्तिशाली भूकम्पको झट्का महसुस भएको हो । समाचार अनुसार शक्तिशाली भूकम्पपछि जापानमा अन्य दर्जनौँ साना ठूला झट‍का महसुस भएको छ । यो भूकम्पपछि जापानमा सुनामीको चेतावनी दिइएको छ । जापान सरकारले समुद्रमा सुनामीको उचाईको लहर करिब ३ फिटसम्म हुने चेतावनी दिएको छ । यो भूकम्पपछि जापानमा दर्जनौं स्थानमा जमीन फाटेको छ। क्यूसु द्वीपमा ठूलो नोक्सानीको अनुमान गरिएको छ।
जापानमा मार्च २०११ ९ म्याग्निच्यूडको विनाशकारी भूकम्पकाकारण डरलाग्दो सुनामी आएको थियो । १० मिटर अग्लो हरसहित आएको सुनामीले त्यहाँ विध्व‍ंश मच्चाएको थियो । त्यो बेला करिब १६ हजार जापानी नागरिकले ज्यान गुमाएका थिए ।

प्रतिक्रियाहरु