अन्नपूर्ण दैनिकको कार्यालयमा आक्रमण

२०७३ बैशाख ४ गते, शनिबार

काठमाडौं, ४ वैशाख । गएराति अज्ञात समूहले अन्नपूर्ण पोस्टको तीनकुनेस्थित कार्यालयमा आक्रमण गरेको छ । शुक्रबार राति अज्ञात समूहले कर्पोरेट टावरको दोस्रो तल्लाको उत्तरतर्फको झ्यालमा ढुंगा र इँटाले हानेका हुन् । आक्रमणबाट कार्यालयको दुईवटा झ्यालको शिशामा क्षति पुगेको छ । अन्नपूर्णको कार्यालयमा ढुंगा हानेपछि आक्रमणकारी समूह बागमीत किनारतर्फ भागेको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् । घटनापछि प्रहरीले आक्रमणको आशंकामा एकजना युवालाई पक्राय गरेर अनुसन्धान थालेको छ । आक्रमण किन -कसले गर्यो ? भन्ने खुल्न सकेको छैन । नेपाल पत्रकार महासंघका सभापति महेन्द्र विष्टले अन्नपूर्ण पोस्टमाथि भएको आक्रमणबारे चासो व्यक्त गर्दै निन्दा गरेका छन् । उनले यो घटनाको तत्काल छानविन गरि दोषीलाई कानुनी कठघरामा ल्याउन सरकारलाई आग्रह गरेका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु