कराते खेलाडी अनु , जस्तो नाम त्यस्तै काम

२०७३ बैशाख ३ गते, शुक्रबार

काठमाडौं । थाप्रेक ९ नुवाकोटमा बुबा कृष्ण बहादुर अधिकारी र आमा लक्ष्मी अधिकारिको कोखबाट बि.स.२०५१/८/२५ मा जन्मिएकी अनु अधिकारीले अहिलेसम्म रास्ट्रिय तथा अन्तरास्ट्रिय गरि झन्डै दर्जन बढी गेम खेलिसकेकी छ्न। २००७ बाट कराते खेल्न शुरु गरेकी अनुले अहिले सम्म रास्ट्रिय तर्फ ६औ नेसनल गेम धनगढी त्यस्तै लुम्बिनी नेसनल च्याम्पियनसीपमा गोल्ड मेडल हासिल गरिसकेकी छ्न भने मिसन सागका लागि भएको छनौटमा समेत गोल्ड मेडल पाएकी छ्न । स्नातक पढ्दै गरेकी अनुले २०१२ मा बङ्गलादेशमा भएको 2nd fajilatumnesa international martial art मा गोल्ड मेडल जितेकी छ्न भने २०१० मा ढाकामा सम्पन्न ११औ साग गेममा silver मेडल , त्यस्तै २०१२ मा हङकङ मा भएको (13th asian pacific shito ryo karate)मा ब्रोन्ज मेडल हासिल गरेकी छ्न । त्यस्तै उनले मलेसियामा भएको 4th sma cup 2011 मा ब्रोन्ज मेडल त्यस्तै गरि २०१३ मा 7th world shito ryo karate च्याम्पियनसिपमा सेमिफाइनल सम्म पुग्न सफल भएकी अनुले १७औ एसियन गेम 2014 incheon मा समेत सहभागी जनाइसकेकी छ्न। बालाजु कराते डो एकेडेमी नेपालमार्फत कराते खेल्न शुरु गरेकी अनु अहिले APF मा आवद्ध छ्न भने २०१० देखि लगातर नेसनल टिममा पनि रहदै आएकी छ्न ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु