जापानमा ६ दशमलव ४ म्याग्नेच्युटको भुकम्प

२०७३ बैशाख ३ गते, शुक्रबार

काठमाडौं, ३ बैशाख । जापानमा शक्तिशाली भूकम्पमा परी ९ जनाको मृत्यु भएको छ । भूकम्पमा भत्किएका संरचनामा परेर अन्य ७ सय भन्दा बढी घाईते भएको बीबीसीले जनाएको छ । स्थानीय समय अनुसार बुधबार राति करिब साढे ९ बजे जापानको दक्षिणी क्षेत्र केन्द्रविन्दू भएर ६ दशमलव ४ म्याग्नेच्युटको भूकम्प गएको हो ।
त्यसपछि अन्य पराकम्पन पनि गएको थियो । भूकम्पका कारण धेरै भवन भत्किएका छन् । भग्नावशेषमा थप मानिस पुरिएको हुनसक्ने आशंका जापानी सरकारी अधिकारीहरुले गरेका छन् । भूकम्पका कारण विद्युत तथा ग्यास आपूर्ति बन्द भएको छ । १६ हजार घरमा विजुली तथा ३८ हजारभन्दा धेरै घरमा ग्यासको आपूर्ति बन्द भएको छ । क्युसु आइल्यान्डको कुमामोटो शहरको पूर्वी तट केन्द्रविन्दु भएर भूकम्प गएको हो ।

प्रतिक्रियाहरु