आज चैते दशैं

२०७३ बैशाख २ गते, बिहीबार

काठमाडौ, २ बैशाख । आज चैत शुक्ल अष्टमी अर्थात चैते दशैं, आज दुर्गाभवानीको पूजाआराधना गरी चैते दशैं मनाउने गरिन्छ । वर्षमा दुईपटक चैत र अशोजमा गरिने दुर्गा पूजाको विशेष महत्व रहेको शास्त्रमा उल्लेख छ । यसअघि चैतमै पर्ने गरेको यो पर्व तिथि धकेलिएका कारण यो वर्ष भने बैशाखमा परेको हो । चैते दसैँको दिन काठमाडौंका दक्षिणकाली, शोभाभगवती, गुह्येश्वरी, नक्शाल भगवती, संकटा, कालिकास्थान लगायत शक्तिपीठमा दर्शनार्थीको बिहानैदेखि घुईंचो लागेको छ ।
यस्तै आज चैते दसैं, दुर्गाभवानीको पूजाआराधना गरी मनाईंदै छ । वर्षमा दुईपटक चैत र अशोजमा गरिने दुर्गा पूजाको विशेष महत्व रहेको शास्त्रमा उल्लेख छ । अशोजमा मनाइने बडादसैं भन्दा कम महत्वको मानिएपनि आज चतै दसैंको दिन पनि देवीको मन्दिरहरुमा बली दिने र पूजा आराधना गर्ने गरिन्छ । अष्टमि कै अवसरमा बैतडीका विभिन्न धार्मिक स्थलहरुमा मेला लागेको छ ।
बैतडीको प्रशिद्ध निंलाशैनी, लगायतका ठाउँमा रहेका भगवतिको मन्दीरमा वली चढाइने गरिन्छ । वोका र रांगाकोवलि चढाइने यस पर्वमा सहभागिता जनाउन बैतडी, दार्चुला, डडेलधुरा छिमेकि राष्ट भारतको पिथौारागढबाट पनि दर्शनार्थीहरुको घुइचो लागेको छ । वर्षको ४ पटक मेला लाग्ने यस मन्दीरमा आज अष्टमिका दिन पनि सो मन्दिरमा मेला लाग्ने गर्दछ मेलालाई व्यवस्थापन गर्न जिल्ला प्रहरी कार्यालयले विशेष सतर्कता अपनाएको प्रहरीले जनाएको छ । मेलामा मदिरा सेवन तथा जुवातास खेल्न पनि प्रतिवन्ध लगाएको मेला व्यवस्थापन समितिले जनाएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु