राजनीतिक नेतृत्व व्यक्तिगत लाभमा लागे : पूर्व राजा ज्ञानेन्द्र

२०७२ चैत्र ३० गते, मंगलवार

काठमाडौ, ३० चैत । पूर्व राजा ज्ञानेन्द्र शाहले वर्तमान अवस्थाप्रति चिखो आलोचना गर्दै राजनीतिक नेतृत्व व्यक्तिगत लाभमा लागेको आरोप लगाएका छन् । नयाँ वर्षको अवसरमा वक्तव्य जारी गर्दै पूर्व राजा ज्ञानेन्द्रले भाषा, धर्म, संस्कृतिमाथि प्रहार भइरहेको भन्दै नेपालीबीच फाटो ल्याएर राज्य संयन्त्र व्यक्तिलगत लाभमा दुरुपयोग गरेको आरोप लगाएका हुन् । नयाँ वर्षको अवसरमा ज्ञानेन्द्रबाट जारी वक्तव्य जस्ताको तस्तैः
“नेपाली दिदीबहीनी तथा दाजूभाइहरु, २०७२ लाई विदाई गरेर हामी विक्रम सम्वत् २०७३ मा आईपूगेका छौ । नववर्षको शूभागमनको उपलक्ष्यमा म देश विदेशमा रहेबसेका समस्त नेपालीहरुमा सूख, शान्ति, समून्नतीको लागि कामना गर्दछु ।
विक्रम सम्वतले मिति, तिथी र नेपाली संस्कृतीलाई जोडेको हुन्छ । हाम्रा राष्ट्रिय मान्यताहरु ( धर्म, संस्कृती, भाषा, इतिहास र सभ्यता ( विपरित प्रहार भईरहेको वर्तमान अवस्थामा हाम्रा पूर्खाले सूम्पिएको धरोहरहरु आफ्ना सन्ततीलाई कसरी हस्तान्तरण गर्न सक्छौ भन्ने प्रश्न अहिले अझ पेचिलो बन्दै छ । त्यसका लागि दक्षिण एसियाको भुराजनीतिक सम्वेदनशिलता र शक्ति सन्तूलनको हेक्का राख्न जरुरी छ । हामी को थियौं, कहां थियौं, अहिले कुन स्थितीमा छांै, देश कता जांँदैछ, समाजको मनोदशा के छ, हाम्रो साझा र सहि मार्ग चित्र के हूनुपर्दछ, कसको के कस्तो त्याग र योगदानछ५, कसको के कस्तो महत्व र मान्यता छ अनि ककसको कस्तो अर्गेल्याइंछ भन्ने विषयलाई वर्तमान अवस्थामा सबैले बूझिसकेका छन् । राज्य संयन्त्रलाई व्यक्तिगत लाभमा दूरुपयोग गर्ने शासकीय शैलीले नेपाल कमजोर भैसकेको छ । राष्ट्रसम्बन्धी अवधारणा कमजोर भएको, क्षेत्रीय तथा भुमण्डलीय राजनीति नयाँ चरणमा प्रवेश गर्न थालेको अहिलेको सन्दर्भमा नेपालीको चिन्ता र अगस्ती नेतृत्वको तृष्णाबीचको फाटो नोक्सानदायी भैसकेको छ । त्यसैले स्वदेशको माडोमा दह्रोसंग खट्टा टेक्ने र नेपाललाई नेपालीत्व, आफ्नो मौलिक अस्तित्व र नेपालकै आफ्नो स्वाधिन प्रमूख रहोस् भन्ने भावनाबाट प्रेरित सबै देशभक्तहरुलाई समेटेर अगाडि बढ्नू आवश्यक भैसकेको छ ।
आफ्नो भाषा, इतिहास र धर्म संस्कृतीहरु देशका आधार हून् भन्ने विषयलाई मनन् गर्दैै स्वदेश हेरेर मात्र विदेश हेरौं, स्वदेश चिनेर मात्र विदेश चिनौं, स्वदेश मानेर मात्र विदेश मानौं र स्वधर्म बूझेर मात्र परधर्म बूझौं यहि मेरो शूभकामना ।
श्री पशूपतीनाथले हामी सबैको कल्याण गरुन ।
जय नेपाल ।”

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु