एनआरएन यूकेद्वारा पुस्तकालयलाई आर्थिक सहयोग

२०७२ चैत्र ३० गते, मंगलवार

काठमाडौँ । एनआरएनयुकेका सल्लाहकार एवम् च्यारिटी बिभाग उपसंयोजक कल्पना आङ्बुहाङ्गले नेपाल लाइब्रेरी फाउण्डेशनलाई रु. ५०,०००।– आर्थिक सहयोग गरेकी छिन् । उनीले एनआरएनयुकेका सहमहासचिव अर्जुन कटुवालको पहलमा कार्यसमिति पदाधिकारी, सदस्य संरक्षक एवं सल्लाहकारहरुले सहयोग गरी सङ्कलित रकम रु. ५०,०००।– को चेक संगम पुस्तकालय गाईघाट उदयपुरमा ई–पुस्तकालय स्थापनार्थ र सोको प्राविधिक ब्यबस्थापनका लागि नेपाल लाइब्रेरी फाउण्डेशन काठमाडौंले गर्ने गरी काठमाडौंका कार्यक्रम अधिकृत धनकुमार श्रेष्ठलाई एक समारोहबीच हस्तान्तरण गरेकी हुन् । उक्त अबसरमा उमेस कटुवाल र एयर एम्बुलेन्स नेपालका प्रतिनिधिहरुलगायतको उपस्थिति थियो ।
उक्त इ–पुस्तकालय स्थापनाका लागि संरक्षक महेन्द्र कँडेलबाट ६५ पाउण्ड, कृष्ण दाहाल ५० पाउण्ड, बर्मा खनाल बाट २० पाउण्ड र बाँकी रकम एनआरएनए युकेका पदाधिकारी र कार्यसमिति सदस्यहरुबाट रु. ५००००।– (पचास हजार) संकलन गरिएको थियो । जसमा मुच्छेत्र गुरुङ, राष्ट्र राइ, योग फगामी, शान्ति थापा, अर्जुन कटुवाल, बुद्धिराम थापा, दिपक श्रेष्ठ, ललित नेउपाने, खुसी लिम्बु, सनद गुरुङ, सुशीला राई, रिचर्ड गुरुङ, सुरोज मास्के, ललित गुरुङ, छबिमाया पुन, सालिक सापकोटा, प्रसाद छन्त्याल, मिलन गुरुङ, राजेन्द्र थापा र सल्लाहाकार केशव पुडासैनीलगाएयतले सहयोग गरेका थिए ।
आर्थिक सहयोग प्रदान कार्यक्रममा सहयोगी हातहरु सबैमा धन्यवाद व्यक्त गर्दै नेपाल लाइब्रेरी फाउण्डेशनको तर्फबाट एनआरएन युकेका सम्पूर्ण टिमलगायत सहमहसचिव अर्जुन कटुवाललाई आगामी दिनमा सहयोग सद्भाबले निरन्तरता पाउने अपेक्षासाथ मुरी–मुरी धन्यवाद एवं साधुवाद व्यक्त गरिएको थियो ।

प्रतिक्रियाहरु