जिका भाइरस सोचिए भन्दा निकै डरलाग्दो

२०७२ चैत्र ३० गते, मंगलवार

काठमाडौ, ३० चैत । जिका भाइरसको संक्रमण पहिले सोचिए भन्दा निकै डरलाग्दो भएको अमेरिकी स्वास्थ्य अधिकारीले बताएका छन् । सुरुमा जिकाको संक्रमण जस्तो हुने भनेरु अनुमान गरिएको थियो, वास्तविकता त्यो भन्दा निकै भयानक रुपमा आएको अमेरिकी सर्वाजनिक स्वास्थ्य अधिकारीले बताएका छन् ।पछिल्लो पटक जन्मिएका शिशुमा जिका भाइरसका कारण हुने जन्मजात समस्याको दर बढेको अमेरिकाको रोग नियन्त्रण तथा सावधानी केन्द्रकी चिकित्सक डा. एन्नी सचाटले बताउनुभयो । जिका भाइरसको संक्रमण फैलाउने एडिस एजिप्टाइल जातको लामखुट्टे पनि पहिले अनुमान गरिए भन्दा धेरै राज्यमा फैलिएको उहाँले बताउनुभयो । झण्डै एक वर्ष अघि ब्राजिलबाट सुरु भएको जिका भाइरसको संक्रमण दक्षिण अमेरिका तथा क्यारबियनसहित, अमेरिका, बेलायत, दक्षिण कोरिया तथा चीनसम्म फैलिएको छ । दक्षिण अमेरिकामा जिका भाइरसको कारण हजारौं बालबालिकामा जन्मजात विभिन्न समस्या देखिएको छ ।
यसका कारण विशेष गरी बालकालिकाको मष्तिस्कमा असर पर्ने गर्दैछ । यसले गर्दा टाउकोको माथिल्लो भाग सानो भएको बच्च जन्मिने गरेको छ । अहिलेसम्म जिकाका बारेमा भएको गरेका काम तथा जानेका कुरा पर्याप्त नभएको डा. सचाटको भनाई छ । अहिले भइरहेका विभिन्न अनुसन्धानबाट जिका भाइरका बारेमा जे कुरा देखिएको छ, त्यो पहिलो सोचे भन्दा किनै डरलाग्दो र भयानक रहेको उहाँले बताउनुभयो ।
जिका भाइरस विरुद्ध लड्नका लागि अहिले छुट्याइए भन्दा धेरै पैसा, समय र अनुसन्धान खाँचो रहेकोमा चिकित्सकले जोड दिएका छन् । अमेरिकी राष्ट्रपति बाराक ओबामाले जिका विरुद्ध लड्नका लागि आपतकालिन कोषमा एक अर्ब ८० करोड डलर राख्न कांग्रेससँग आग्र गुर्न भएको थियो । – एजेन्सी

प्रतिक्रियाहरु