अफगानिस्तानमा ६.६ म्याग्निच्यूडको भूकम्प

२०७२ चैत्र २८ गते, आईतवार

काठमाडौं, २८ चैत । अफगानिस्तान र ताजिकिस्तानको सीमानामा केन्द्रबिन्दू भएर आइतबार अपराह्न सवा ४ बजे ६.८ म्याग्निच्यूडको भूकम्प गएको छ । हिन्दूकुश पर्वत शृंखलालाई केन्द्रबिन्दू बनाइ दुई सय किलोमिटर गहिराइमा भूकम्प गएको जनाइएको छ । अमेरिकी जिओलोजिकल सर्भे (युएसजीएस)ले भने ६.६ म्याग्निच्यूडको भूकम्प गएको जनाएको छ ।
भूकम्पको धक्का पाकिस्तानकासाथै भारतमासमेत महसुस गरिएको अन्तर्राष्ट्रिय सन्चारमाध्यमहरुले जनाएका छन् । भारतको राजधानी नयाँदिल्लीसहित उत्तर भारतमा भने धक्काको असर बढी परेको बताइएको छ । भारतको कास्मिरमा दुई मिनेटसम्म भूकम्पको धक्का महसुस भएको भारतीय सन्चारमाध्यमले जनाएका छन् । क्षतिको विवरण भने आउन बाँकी छ ।

प्रतिक्रियाहरु