मन्दिरमा आगलागी, ६० जनाको मृत्यु

२०७२ चैत्र २८ गते, आईतवार

काठमाडौँ, २८ चैत । भारतको केरल राज्यको कोल्लम जिल्लास्थित एक मन्दिरमा आगलागी भएको छ । आगलागीमा परी कम्तीमा ६० जनाको मृत्यु भएको छ । अधिकारीहरुका अनुसार अन्य २०० जनाभन्दा बढी घाइते भएका छन् । सहरका प्रहरी उपायुक्त के. लालजीका अनुसार एक उत्सवका क्रममा पटाका पड्काउँदा आगलागी भएको हो ।आइतबार बिहानै भएको सो घटना लगत्तै उद्धार कार्य जारी रहेको अधिकारीहरुको भनाई छ ।
मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । घाइतेलाई नजिकैको अस्पतालमा लगिएको छ । घाइतेमध्ये केहीको अवस्था निकै गम्भीर रहेको अधिकारीहरुले जनाएका छन् ।- एजेन्सी

प्रतिक्रियाहरु