क्लार्कद्वारा राष्ट्रसंघको महासचिवमा उम्मेदवारी

२०७२ चैत्र २३ गते, मंगलवार

काठमाडौं, २३ चैत । संयुक्त राष्ट्रसंघको महासचिव पदका लागि न्यूजिल्याण्डकी पूर्व प्रधानमन्त्री हेलेन क्लार्कले उम्मेदवारी दिने भएकी छन् । हाल संयुक्त राष्ट्रसंघकै विकास कार्यक्रम प्रमुख रहेकी क्लार्कले राष्ट्रसंघको महासचिव पदमा उम्मेदवारी दिने घोषणा गरेकी हुन् । उनले भनिन्, ‘मसँग वर्तमान महासचिव बान की मुनको उत्तराधिकारी बन्ने पर्याप्त अनुभव छ ।’ महासचिव मुन यसै वर्षको डिसेम्बरमा सेवानिबृत्त हुँदैछन् । सन् १९४५ मा आफ्नो स्थापनापछि राष्ट्रसंघले आजसम्म कुनै महिलालाई महासचिवका रुपमा पाउन सकेको छैन ।- एजेन्सी

प्रतिक्रियाहरु