सोलुखुम्बुमा हवाई सेवा ठप्प

२०७२ चैत्र २२ गते, सोमबार

काठमाडौ, २२ चैत । सोलुखुम्बुमा तिन दिनयता देखि लगातार लागेको बाक्लो हुस्सु तथा बादलका कारण हवाई उडान सेवा ठप्प भएको छ । जिल्लामा सञ्चालित ४ वटा विमान्स्थल मध्ये सबैभन्दा बढी ब्यस्त तेन्जीङ–हिलारी विमानस्थल लुक्लामा हवाई सेवा अवरुद्ध हुँदा लुक्लाबाट काठमान्डौ तथा काठमान्डौबाट लुक्ला र फाप्लु विमानस्थलमा उडान हुन सकेको छैन । बिगत ३ दिनदेखि हवाई सेवा सुचारु हुन नसक्दा सयौ पर्यटक समस्यामा परेका छन् । कतिपय पर्यटक भने मौसम चाँडो खुल्ने सम्भावना नदेखिएपछि महँगो भाडामा रेस्क्युु चार्टर गरी काठमाडौं नै जाने गरेका छन् ।
पर्यटकीय सिजन सुरु भएसँगै हवाई उडान सेवा ठप्प हुँदा खुम्बु क्षेत्रका लुक्ला, नाम्चे बजार, खुम्जुङ लगाएतका होटल ब्यावसायी मारमा परेका छन् । यो सिजनमा एक दिन हवाई सेवा अबरुद्ध हुँदा सोलुखुम्बुबासीले एक करोडभन्दा बढीको घाटा बेहोर्दै आएका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु