विमान सडकमा खस्दा एक जनाको मृत्यु

२०७२ चैत्र २१ गते, आईतवार

काठमाडौं,२१ चैत । अमेरिकामा निजी बिमान दुर्घटना हुँदा सडकमा सवार कार चालकको मृत्यु भएको छ । अमेरिकाको क्यलिफोर्नियामा बिमानमा प्राविधिक गडबडी आएपछि बाटोमा खसेको थियो । घटनामा चालकसहित पाँच जना घाइते भएका छन् । बिमान अवतरण गर्ने क्रममा बिमानस्थलनजिक रहेको कारको पछाडी रहेका ब्यक्तिको मृत्यु भएको हो । – एजेन्सी

प्रतिक्रियाहरु