रारा तालको सतहको पानी आधा मिटर घट्यो

२०७२ चैत्र २१ गते, आईतवार

काठमाडौं । रारा गाविस मुर्मा गाउँँका धनसिंह रोकाया गाउँँमा वर्षाैंदेखिको खानेपानीको मूल सुकेपछि चिन्तित भएका छन् । करिब ७० घरधुरी रहेको उक्त मुर्मा गाउँँ‘का स्थानीयवासीलाई भोकमरीभन्दा पिउने पानीको बढी चिन्ता छ । पानीको मुहानमा पालो लगाउँर एक घरलाई एक गाग्री पानी भाग लगाउँने गरिएको छ । मुर्मा गाउँ‘ँका स्थानीयवासीलाई रातभर जाग्राम बसेर एक गाग्री पानी पाउन कठिनाइ भएको धनसिंहले बताए । लामो खडेरीमा पनि कहिल्यै नसुकेको पानीको मुहान यो पटक सुक्दा समस्या भएको उनले सुनाए । रुगा गाविसका १५० दलित परिवारलाई उस्तै पानीको सङ्कट देखिएको छ । गाउँ‘देखि आधा घन्टा टाढा खडेरीले कुवा सुक्न थालेपछि एक गाग्री पानी पाउन मुस्किल हुन थालेको हो । कुवामा पानी भर्न रुगा गाउँँ‘का स्थानीयवासी लाइनमा बस्नुपर्ने अवस्था छ । दिउँसो पालो नपाएर रातभर कुवामै बसेर पानी भर्ने गरेका छन् । खडेरीले स्थानीयवासीलाई भोकमरीभन्दा पानीको चिन्ताले सताएको छ । ज्यालादारी काम गरेर पैसा कमाएर चामल किनेर खाउँला तर पानी कहॉबाट ल्याउँला रुगा गाविसकी जउकली कामीले भनिन्, ‘अनाजभन्दा पानी पाउन गाह्रो हुन थाल्यो कस्तो जमाना आयो ।’ जिमा गाविसको सोरुकोट र बन्जाह गाउँ‘का करिब २०० परिवारलाई पनि पानीको समस्या बेहोर्नुपरेको छ । खडेरीले दिउँसो धारोमा पानी नआउने र राति तिरतिर गरेर पानी झर्न थालेपछि समस्या भएको छ । सोरुकोट गाउँ‘का स्थानीयवासी हातमा जर्किन बोकेर आधा घन्टा तल तिर्सेखोलामा पुगेर पानी ल्याउने गरेका छन् । बन्जाह गाउँ‘का स्थानीयवासी रातभर जाग्राम बसेर एक गाग्री पानी भर्नुपरेको छ । हामीलाई भोकमरीभन्दा पानीको साह्रै सङ्कट उत्पन्न भयो बन्जाह गाउँ‘की पुनी मल्लले भनिन् –“खडेरीले औलदेखि लेकसम्मका पानीका मुहान सुकिसके एक दानो अनाजभन्दा एक गाग्री पानी पाउन गाह्रो हुन थाल्यो । जिल्लामा लामो खडेरी परम्परागत पानीका मुहान सुकेपछि स्थानीयवासीलाई गाउँ‘ छोडेर अन्यत्र सर्नुपर्ने अवस्था आउन थालेको छ । कहिल्यै नसुकेको पानीका मुहान यो पटक सुकेका छन् । जिमा गाविसको ख्याल्च गाउँ‘का स्थानीयवासीलाई अनाजभन्दा पिउने पानीले सताएको छ । करिब ८० घरधुरी रहेको उक्त गाउँ‘मा रहेको पुरानो पानीको मुहान सुकेपछि पानीको हाहाकार मच्चिएको हो । डोकोमा गाग्री राखेर आधा घन्टा टाढाबाट पानी ल्याएर खानुपर्ने अवस्था आएपछि ख्याल्च गाउँ‘का स्थानीयवासी चिन्तित भएका छन् । उता फोतु गाविस सोड्डा गाउँँका ४५ घरधुरीलाई उस्तै पानीको सङ्कट उब्जिएको छ । खडेरीले गाउँ‘घरका पुराना स–साना सबै मूल सुकिसके रुगा गाविस सुम्ली गाउँ‘का ७२ वर्षीय धने भण्डारीले भने –‘‘यस्तै हो भने अब कर्णालीको छेउछाउमा गएर बस्नुपर्ने अवस्था आइसक्यो ।’’ समुद्री सतहदेखि करिब दुई हजार ९०० मिटर उचाइमा रहेको पर्यटकीयस्थल रारा तालमा मिसिने करिब ६२ वटा पानीका मुहान खडेरीले सुकेपछि इतिहासमै पहिलोपटक आघा मिटर ताल घटेको छ । ठूलो खडेरीले पानीका मुहान सुकेपछि देशकै ठूलो ताल राराको पानी आधा मिटर तल घटेको निमित्त रारा राष्ट्रिय निकुञ्ज संरक्षण अधिकृत गोपाल खत्रीले बताए । रारा तालको निकास खत्याड खोला पनि सुकेको छ । रारा तालको पानी घटेपछि कार्कीवाडा गाविसको लेकबस्तीका पानीका आधा दर्जनभन्दा बढी पानीका मुहान पनि सुकेको स्थानीयवासीको भनाइ छ । लेकाली बस्तीका स्थानीयवासीलाई पानी बोकेर खानुपर्ने अवस्था आएको छ । जिल्लाको २४ वटै गाविसमा करिब २०० पानीका मुहान सुकेका छन् खडेरीले धमाधम पानीका मुहान सुक्न थालेपछि त्यसको असर मानव चौपाया वस्तु वन्यजन्तु र चराचुरुङ्गीलाई असर परेको छ । पानीका मुहान सुक्न थालेपछि सरकारी तथा गैरसरकारी खानेपानी आयोजना प्रभावित भएका छन् । पहिले बनाएका अलपत्र परेका र निर्माणको तयारीमा रहेका आयोजना रोक्नुपर्ने अवस्था आएको छ । – नृपेन्द्रबहादुर मल्ल, रासस

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु