आर्ईएसको कब्जाबाट ४० शव बरामद

२०७२ चैत्र २१ गते, आईतवार

काठमाडौं, २१ चैत । सिरियाको ऐतिहासिक तथा पुरातात्विक शहर पाल्माइराबाट ४० वटा शव बरामद गरिएको छ । पल्माइरा शहर आर्ईएसको कब्जाबाट आफनो नियन्त्रणमा लिएको सिरियाली सेनाले ४० वटा शव बरामद गरेको हो ।
बरामद गरिएका शवमा महिला र बालबालिकाको संख्या बढी छ । जसमा केहीको शीर छेदन र केहीको गोली हानी हत्या गरिएको बताइन्छ । बरामद गरिएको शव होम्स अस्पतालको शव गृहमा लगिएको छ । सिरियाको ऐतिहासिक शहर पल्माइरा कब्जा गरी बसेका आईएसलाई गत साता त्यहाँबाट हटाएर सिरियाली सेनाले फेरि आफ्नो नियन्त्रणमा लिएको हो । शहरका अधिकांश ऐतिहासिक धरोहर नष्ट गरिएका छन् भने त्यहाँ रहेका सिरियाली नागरिक आईएसको कब्जामा थिए । – एजेन्सी

प्रतिक्रियाहरु