विश्वमा परमाणु आक्रमणको खतरा : ओबामा

२०७२ चैत्र २० गते, शनिबार

काठमाडौं, २० चैत । अमेरिकी राष्ट्रपति बाराक ओबामाले आतंकवादीले परमाणु आक्रमणको तयारी गरेको र यसले विश्व सुरक्षामा खतरा बढाएको बताएका छन् । अमेरिकामा भएको परमाणु सुरक्षा सम्मेलनमा राष्ट्रपति ओबामाले आतंककारीले परमाणु आक्रमणको तयारी गरेको र त्यसो भएका यसले विश्वको मुहार नै परिवर्तन हुने सत्य रहेको बताए । परमाणु आतंकलाई रोक्नका लागि ठोस कदम चाल्नु पर्नेमा उनले जोड दिए । सम्मेलनमा ५० भन्दा बढी देशका प्रतिनिधि सहभागी छन् ।
इस्लामिक अतिवादी संगठन आईएसले परमाणु हतियार प्राप्त गर्नु विश्व सुरक्षाका लागि ठूलो खतरा भने नरहेको ओबामाको भनाई छ । सम्मेलनमा विश्वका नेताले उत्तर कोरियाको परमाणु कार्यक्रम तथा रुसको अनुपस्थितिका बारेमा आवाज उठाएका छन् ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सम्मेलनमा सहभागी हुन अस्वीकार गरे भने पाकिस्तानका प्रधानमन्त्री नवाज शरिफ पनि सम्मेलनमा गएका छ्रैनन् ।
पाकिस्तानी प्रधानमन्त्री शरिफ लाहोर बमकाण्डका कारण सम्मेलनमा नगएको बताइएको छ । परमाणु हतियार भएका दुबै देशका प्रतिनिधिको अनुपस्थितिलाई गम्भिर रुपमा लिइएको छ । – एजेन्सी

प्रतिक्रियाहरु