साउदीमा नेपालि कामदार अलपत्र

२०७२ चैत्र १५ गते, सोमबार

काठमाडौं, १५ चैत । बैदेशिक रोजगारका लागि सात महिना अघि साउदी अरब पुगेका ६ जना नेपाली कामदार अलपत्र परेका छ्न । काठमाडौ स्थित गोरखा नेपाल म्यानपावर मार्फत लेवरको काम भनी पठाइएका नेपाली कामदारले साउदी अरब स्थित दमाममा गएकै दिन देखि बिचल्ली हुनुपरेको बताएका हुन।
कामदारले सम्झौता अनुसारको काम र सेवा सुबिधा पाउनु भन्दा पनि शुरु देखि नै कामबिहिन हुनुपरेको बताए।यसरी साउदी पुगेर अलपत्र पर्नेमा शिवपुर नगरपालिका २ कपिलबस्तुका छोपेन्द्र रोका क्षेतृ ,बिजौरी २ दाङका बिमल कुमार बुढाथोकी,बादियाचौर लौरेनी ६ म्याग्दिका जसबिर दर्जी,सोही ठाउंका नर बहादुर सार्की र तनहुँका थर नखुलेका मिलन र अमर साउदिमा अलपत्र परेको हाल साउदी मै कार्यरत रहेका मिनराज भण्डारीले जानकारि दिए।
म्याननपावरलाई प्रती व्यक्ती १ लाख देखि १ लाख ५० हजार सम्म बुझाएर साउदी आएका आफुहरु लाई कम्पनीले अलपत्र पारेको पीडित बिमल कुमार बुढाथोकिले जानकारी दिए। दमाम स्थित अमिर फेसल कम्पनिले आफुहरुलाई ७ महिना हुन लाग्दा समेत काममा नलगाई अलपत्र पारेको उनले बताए । म्यानपावर संगको सम्झौतामा अमिर फेसल कम्पनी भनिए पनि साउदी पुग्दा कम्पनीको प्रतिनिधि नभै अर्कै ब्याक्तिले रिसिभ गरेको जनाए।
साउदी गएको शुरुको १र२ महिना कम्पनिले फलामको वर्कसपमा बिना तलब अप्ठ्यारो काम गर्न दिइएको र त्यसपछि मालिक फरार भएकाले आफुहरु अलपत्र परेको उनिहरुले बताएका छन। म्यानपावरले साउदिको अमिर फेसल कम्पनीमा १२ सय ब्यासिक स्यालरी र लजिङ फुडिङ अलग्गै आठ घण्टा ड्युटी रहेको प्रलोभन देखाए पछि धन कमाउने आशमा साउदी पुगेका उनिहरु कम्पनीले बेवास्ता गरेपछी कष्ट्कर जीवन बिताइरहेका छन।
आफुसंग भएको राहदानी लगायतका कागजपत्र मालिकले लगेपछि फिर्ता नदिएकोले कतै जान नसक्ने अबस्थामा रहेको उनिहरु बताउछन। नेपाल फर्किन पनि नदिइएको र आफुहरु संग पैशा नभएपछी लमजुङका हेमलाल लामाको सहयोगमा बसिरहेको पिडितहरुले बताए।
साउदी स्थित मालिक र म्यानपावरको मिलेमतोमा म्यानपावरले नक्कली सम्झौतापत्र गराइ झुककाइएको उनिहरुको आरोप छ। उनिहरुले बिदेश पठाउने म्यानपावरलाइ सम्पर्क गरि कि काम देउ कि उद्धार गर भनि आग्रह गर्दा मेनपावरले हामी सक्दैनौ तिमिहरु एमबेसीमा जाउ उसैले उद्धार गर्छ भन्ने जबाफ दिएको पिडितहरुले सुनाए।”हामी नेपाल फर्कन चाहन्छौं।” उनिहरुले भने, नेपालको म्यानपावर कम्पनिले कुनै प्रक्रीया अघि नबढाउदा बिचल्ली हुनुपरेको उनिहरुको भनाइ छ। – सोनु कुमार सुनार

प्रतिक्रियाहरु