विमानस्थल र मेट्रो रेल सेवामा विस्फोट, १३ जनाको मृत्यु

२०७२ चैत्र ९ गते, मंगलवार

काठमाडौं, ९ चैत । बेल्जियमको राजधानी ब्रसेल्सस्थित जाभिन्टेम विमानस्थल र मेट्रो रेलसेवामा मंगलबार शक्तिशाली विस्फोट हुँदा कम्तिमा १३ जनाको मृत्यु भएको छ । घटनामा थुप्रै मानिस घाइते भएको अनुमान गरिएको छ । सुरुमा विमानस्थलको अमेरिकन एअरलाइन्सको काउन्टरनजिक दुईओटा विस्फोट भएको थियो । विस्फोटपछि विमानस्थल खाली गरेर बन्द गराइएको छ ।
विमानस्थलमा भएको विस्फोटको करिब एक घन्टापछि मेट्रो रेलसेवामा पनि विस्फोट भएको थियो । विस्फोटलगत्तै रेलसेवा पनि बन्द गरिएको छ । विस्फोटपछि ब्रसेल्सको मेट्रो रेलसेवा पनि अवरुद्ध भएको छ ।
पेरिस आक्रमणका मुख्य आरोपी सलाह अब्देस्लाम ब्रसेल्समा पक्राउ परेको चार दिनपछि यो विस्फोट भएको हो । बेल्जियमले अहिले आतंकको खतरालाई उच्च तहमा राखेर सर्तकता अपनाएको बताइएको छ ।- एजेन्सी

प्रतिक्रियाहरु