राष्ट्रपतिको निर्णय कार्यान्वयनमा अदालत बाधक

२०७२ चैत्र ५ गते, शुक्रबार

काठमाडौं, ५ चैत । ब्राजिलकी राष्ट्रपति डिल्मा रुसेफले पूर्व राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भालाई आफ्नो मूख्य प्रशासक नियुक्त गर्ने निर्णयलाई अदालतले रोक लगाएको छ । सिल्भालाई मुख्य प्रशासन नियुक्त गरेको केही घण्टामै अदालतले राष्ट्रपति रुसेफको निर्णयमा रोक लगाएको हो । तर सरकारले अदालतको फैसलाविरुद्ध अपील गर्ने जनाएको छ । सिल्भालाई ब्राजिलको सरकारी तेल कम्पनी पेट्रोब्रासमा भ्रष्टाचार गरेको आरोप लागेको छ । महाअभियोग प्रक्रियाको सामना गरिरहेकी राष्ट्रपति रुसेफले भने सिल्भाको नियुक्तिले उनलाई अनुसन्धानबाट बचाउन नसक्ने बताएकी छन् ।
राष्ट्रपति रुसेफले सिल्भालाई मुख्य प्रशासकमा नियुक्त गरेलगत्तै देशका केही शहरमा विरोध प्रदर्शन भएको थियो ।- एजेन्सी

प्रतिक्रियाहरु