डेनमार्क विश्वकै सर्वाधिक खुशी राष्ट्र

२०७२ चैत्र ४ गते, बिहीबार

काठमाडौं, ४ चैत । विश्वको सबैभन्दा खुशी राष्ट्रमा यस वर्ष पनि यूरोपेली देश डेनमार्कले बाजी मारेको छ । विश्व हेप्पीनेश रिपोर्टका अनुसार सबैभन्दा खुशी राष्ट्रमा डेनमार्क पहिलो स्थानमा परेको हो भने स्वीट्जरल्याण्ड दोस्रो र आइसल्याण्ड तेस्रो स्थानमा छन् ।
१५६ देशमा गरिएको अध्ययन तथा अनुसन्धानका आधारमा यो सूची बनाईएको हो । जसमा सन् २०१३ देखि अहिलेसम्म डेनमार्क पहिलो स्थानमा रहँदै आएको छ । अमेरिका भने यो सूचीको १३ औं स्थानमा छ । यस्तै जापान ५३ औं, पाकिस्तान ९२ औं र नेपाल १०७औं स्थानमा छ ।
भारत भने ११८ औं स्थानमा छ । भारतभन्दा पाकिस्तान खुसी राष्ट्र भएको प्रतिवेदनले जनाएको छ । भारत अघिल्लो वर्षभन्दा एक स्थान तल झरेको छ । अघिल्लो वर्ष भारत ११७ औं स्थानमा थियो ।
प्रतिवेदन संयुक्त राष्ट्रसंघको सस्टेनेबल डेभलपमेन्ट सोल्यूसन्स नेटवर्कले प्रकाशित गरेको हो । विश्व खुशी दिवसको अवसर पारेर प्रतिवेदन सार्वजनिक गरिएको हो । आगामी आइतबार विश्व खुशी दिवस मनाईंदै छ । एजेन्सी

प्रतिक्रियाहरु