हिमाली जिल्लामा दादुरा रुबेला विरुद्धको खोप अभियान

२०७२ चैत्र ३ गते, बुधबार

काठमाडौं, ३ चैत । हिमाली सात जिल्लामा आजदेखि दादुरा र रुबेला विरुद्धको खोप अभियान सुरु हुँदैछ । खोप अभियानको चौथो चरण अन्तरगत सोलुखुम्बु, मनाङ, मुस्ताङ, हुम्ला, डोल्ला, मुगु र जुम्लामा खोप अभियान सञ्चालन हुन लागेको हो ।
यसअघि खोप शाखाले पहिलो चरणमा भूकम्प अति प्रभावित १४ जिल्लामा, दोस्रो चरणमा मध्यपश्चिम, पश्चिम र सुदूरपश्चिमका ३३ जिल्लामा र तेस्रो चरणमा पूर्वाञ्चल र मध्यमाञ्चलमा १७ जिल्लामा खोप अभियान चलाएको थियो । बालबालिकालाई ९ महिना पुगेपछि दादुरा र रुबेला विरुद्धको पहिलो खोप दिनुपर्छ । ९ महिनामा खोप दिएपछि १५ महिनामा फेरि दोस्रो खोप दिनुपर्छ ।

प्रतिक्रियाहरु