आइएसका शीर्ष कमान्डर मारिए

२०७२ चैत्र २ गते, मंगलवार

काठमाडौं, २ चैत। अमेरिकाले सिरियामा गरेको हवाई आक्रमणमा इस्लामिक अतिवादी समूह ‘आइएस’का शीर्ष कमान्डर ओमार अल शिशानी मारिएका छन् ।
अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले ओमार शिशानीले उत्तर पूर्वी सिरियामा गरिएको कारबाहीमा मारिएको जनाएको छ । यसअघि, अमेरिकी आक्रमणबाट उनी बच्न सफल भएको हुनसक्ने समाचार आएको थियो । आक्रमणमा शिशानीका धेरै सुरक्षा गार्डसमेत मारिएका छन् । शिशानीकै निर्देशनमा आइएसले आतंकवादी गतिविधि गर्दै आएको विश्वास गरिन्छ । – एजेन्सी

प्रतिक्रियाहरु