कांग्रेस केन्द्रीय सदस्यको मतगणना सकिदै

२०७२ चैत्र १ गते, सोमबार

काठमाडौं, १ चैत । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति सदस्य चयनका लागि भएको निर्वाचनको मतगणना आज सकिने भएको छ । खुला २५ र प्रदेशबाट प्रतिनिधित्व गर्ने १४ सदस्यको मात्र परिणाम आउन बाँकी छ ।
खुलातर्फको २८ सय मत गणना भइसकेको छ । प्रदेशतर्फको भने १४ सय मत गणना भएको छ । निर्वाचन समितिले आजसम्म सबै मतपरिणाम सार्वजनिक भइसक्ने जनाएको छ । खुलातर्फको २८ सय मत गणना गर्दा डा. शेखर कोइराला अग्रस्थानमा छन् । यस्तै, खुमबहादुर खड्का दोस्रोमा र तेस्रो स्थानमा प्रकाशमान सिंह छन् । त्यसैगरी रमेश लेखक, पूर्णबहादुर खड्का, कुलबहादुर गुरुङ, प्रदीप गिरी, प्रदीप पौडेल, बालकृष्ण खाँड, विमलेन्द्र निधि, धनराज गुरुङ र महेश आचार्य अगाडि छन् । त्यस्तै डा. रामशरण महत, बलबहादुर केसी, विश्वप्रकाश शर्मा, सुजाता कोइराला, शंकर भण्डारी, डा. प्रकाशशरण महत, एनपी साउद, गोपालमान श्रेष्ठ, डा. मिनेन्द्र रिजाल, ज्ञानेन्द्रबहादुर कार्की, डा. नारायण खड्का, बद्री पाण्डे र चन्द्र भण्डारी पनि अहिलेसम्म २५ जनाभित्र परेका छन् ।
अहिलेसम्मको मतपरिणाम हेर्दा खुलातर्फका २५ सदस्यमध्ये शेरबहादुर देउवा पक्षका १४ जना र रामचन्द्र पौडेल पक्षका ११ जना अगाडि देखिएका छन् ।

प्रतिक्रियाहरु