एमाओवादीका सांसद ल्हारक्याल लामा पक्राउ

२०७२ फाल्गुन ३० गते, आईतवार

काठमाडौँ, ३० फागुन । एमाओवादीका सांसद् ल्हारक्याल लामालाइ प्रहरीले पक्रेकोे छ । अकुत सम्पत्ति आर्जन गरेकोे आरोपमा अख्तियार अनुसन्धान आयोगले छानविनका लागि लामाको दरबारमार्गस्थित इन्भेष्टमेन्ट बैङ्कको लकरमा जाँच गर्दा बन्दुकको गोली बरामद भएपछि उनि पक्राउ परेका हुन् ।
आयोगका प्रवक्ता कृष्णहरी पुष्करका अनुसार अनुसन्धानका लागि आयोगले सांसद् लामालाई इन्भेष्टमेन्ट बैङ्कमा लगेको र सो क्रममा उनको लकरबाट १४ थान गोली भेटिएको जानकारी दिए । लामालाई अवैध हातहतियार तथा खरखजना ऐन २०१९ अनुरुप पक्राउ गरी कारवाहीका लागि दरबार मार्गस्थित प्रहरी प्रभागमा बुझाईएको उनले बताए ।

प्रतिक्रियाहरु