स्व कोइरालाप्रति दिल्लीमा श्रद्धाञ्जलि

२०७२ फाल्गुन १० गते, सोमबार

काठमाडौं, १० फागुन । नेपाली काँग्रेसका दिवङ्गत सभापति तथा पूर्व प्रधानमन्त्री सुशील कोइरालाको निधनको तेह्राँै दिनको पुण्यतिथिमा प्रवासी नेपाली समुदायका विभिन्न सङ्घसंस्थाले आज यहाँस्थित नेपाली दूतावासमा श्रद्धाञ्जलि कार्यक्रम आयोजना गरेका छन् । नेपाली जनसम्पर्क समिति, भारतका अध्यक्ष बालकृष्ण पाण्डेले कोइरालाले नेपालको लोकतान्त्रिक आन्दोलन, संविधान निर्माणमा दिनुभएको योगदानको चर्चा गर्नुभएको थियो । प्रवासी नेपाली सङ्घका अध्यक्ष लोकनाथ भण्डारीले पनि कोइरालाको निधनमा मुलुकले त्यागी नेता गुमाएको बताउनुभयो । – रासस

प्रतिक्रियाहरु