अमेरिका र क्यूवाबीच ५० बर्षपछी हवाई सम्झौता

२०७२ फाल्गुन ६ गते, बिहीबार

काठमाडौं, ६ फागुन । लामो समयसम्म सम्बन्ध बिग्रेको अमेरिका र क्यूवाबीच ५० बर्षपछी हवाई सम्झौता भएको छ । हवाई उडानमा भएको सम्झौतासँगै अमेरिकी र क्यूवाली नागरिकमा खुशी छाएको छ । अमेरिकी पारवहन सचिव एंथोनी फाक्सका अनुसार हवाई सम्झौता पछी दुई देशबीच दिनमा १ सय १० वटा उडान हुने छन् । दुई देशबीच चार्टर उडान भने हुँदै आएको थियो । सन् १९६० मा बाणिज्य सम्बन्ध टुटेयता दुई देशबीच हवाई उडान बन्द थियो । अमेरिकी राष्ट्रपति बराक ओबामाले सन् २०१४ मा क्यूवाका राष्ट्रपति राहुल क्यास्ट्रोसँग कुराकानी गरेपछि दुई देशबीच सम्बन्ध सुधारको बाटोमा बढेको हो ।- एजेन्सी

प्रतिक्रियाहरु