टर्कीमा विस्फोट २८ जना मारिए

२०७२ फाल्गुन ६ गते, बिहीबार

काठमाडौं, ६ फागुन । टर्कीको राजधानी अंकारामा शक्तिशाली विस्फोटमा परी २८ जना मारिएका छन् । विस्फोटमा परि अरु ६१ जना घाइते भएका छन् ।
टर्कीको संसद भवन तथा सैनिक मुख्यालय नजिक विस्फोट गरिएको हो । सैनिकको गाडी गैरहेको स्थानमा बिस्फोट गराइएको थियो ।
आक्रमण आतंकवादी गतिविधि भएको कार्यकारी प्रधानमन्त्री बेकिर बोजडगको भनाइ छ । अंकाराको गभर्नर कार्यालयले कारबम विस्फोट भएको जनाएको छ । विस्फोटमा परि ज्यान गुमाउनेमा सर्वसाधारण पनि छन् ।
टर्कीमा पछिल्ला दिनमा यस किसिमका आक्रमण धेरै भएका छन् । केही दिन अघि मात्रै इस्तानबुलमा भएको एक आत्मघाती आक्रमणमा १० जना मारिएका थिए । आक्रमणकारी संगठन इस्लामिक स्टेट आइएससँग सम्बद्ध रहेको अधिकारीले बताएका छन् । गत वर्षको अक्टोबरमा एक शान्ति ¥यालीमा भएको आक्रमणमा ९९ जना मारिएका थिए । – एजेन्सी

प्रतिक्रियाहरु